
समर्पण रम्जान
१८ डिसेम्बर २०२०, गैैैर आवासीय नेपाली संघका स्वास्थ्य समिती तथा फरेन इम्प्लोएमेनट एन्ड माइग्रेन स्वास्थ्य बिभागको संयुक्त प्रयासमा आत्महत्या रोकथाम प्रशिक्षणको पहिलो सेसन आज सम्पन्न भएको छ ।
स्वदेशमा होस्, या बिदेशी भुमिमा होस् सामान्य अबस्थामा होस्, या कोरोना महामारीको अबस्थामा होस्, दिनानुदिन नेपालीहरुले बिबिध कारणबस अकालमै आफ्नो आत्महत्या गरिरहेको र यस जटिल अबस्थालाई न्यूनीकरण गराउने उद्देश्यका साथ यो पहिलो चरणको प्रशिक्षण कार्यक्रम ग्लोबल भर्चुअल जुम एप्लिकेसनबाट सम्पन्न गरेको छ ।
बिश्वका विभिन्न देशहरूमा रहेका नेपालीहरुलाइ सचेत र केही हदसम्म आत्महत्या गर्नबाट रोक लागाउने उद्देश्यले आजको उक्त कार्यक्रममा विभिन्न देशहरूबाट प्रशिक्षक र भोलियन्टियर हरुको उपस्थिति रहेको थियो ।
उक्त प्रशिक्षण सेसनमा मानसिक स्वास्थ्य संगठन समितिका सम्पूर्ण टीमको उपस्थित रहेको थियो।
संयुक्त राज्य अमेरिका बाट चिकित्सा एपिडियोमोलॉजिष्ट तथा र स्वास्थ्य समितिका विश्वव्यापी प्रमुख तथा एनआरएनए स्वास्थ समिती संयोजक डा. संजीव सापकोटा, जापानबाट मनोवैज्ञानिक डा. विजय ज्ञवाली, नेपालबाट मनोचिकित्सक डा. रञ्जन थापा, नेपालबाट मनोचिकित्सक डा. निशिता पाठक, संयुक्त राज्य अमेरिकाबाट मनोचिकित्सक डा.संजय यादव
अस्ट्रेलियाबाट आर्थोपेडिक सर्जन डा.कुश श्रेष्ठ, दक्षिण अफ्रिकाबाट नाक,कान,घाँटी सर्जन डा. सरिता पाण्डे भट्टराई,जापान बाट स्वास्थ्य अधिकारी सुश्री अलिजा केसी, नेपालबाट एनआरएनए राहत र स्वदेश फिर्ता टोलीका लागि परियोजना व्यवस्थापक, राजेन्द्र राउत को उपस्थिति रहेको थियो ।
स्वयंसेवक तर्फ २४ जनाले नाम दर्ता गरे पनि विभिन्न देशहरु अमेरिका, नेपाल, कतार मलेसिया, साउदी अरब, स्पेन बाट गरि जम्मा १४ जनाको उपस्थिती रहेको थियो ।

उक्त भर्चुअल प्रशिक्षण कार्यक्रममा बिशेष गरि प्रमुख जापानबाट मनोवैज्ञानिक डा. विजय ज्ञवाली, र नेपालबाट मनोचिकित्सक डा. रञ्जन थापा, ले आत्महत्या सम्बन्धमा बृस्तित जानकारी गराउदैं आत्महत्या गर्न बाध्य बनाउने तत्वहरु, आत्महत्या गर्ने ब्यक्तिका आचरणहरु, आत्महत्या गरिनुपुर्वका गतिविधि तथा उसमा देखिने रोगहरु जस्तै डिप्रेसन, र यसबाट जोगिने, आत्महत्या न्यूनीकरण गर्ने र कोहि कसैमा आत्महत्या गर्ने संकास्पद लक्षणहरु या अभिव्यक्तिहरु भए उहाँहरुसित सम्पर्क गरेर हौसला प्रदान गर्ने, एक आपसी समन्वय बढाउने जस्ता बिषयहरुमा पनि बृहत् जानकारी प्रदान गर्नु भएको थियो ।
यो प्रशिक्षण सेसनको अन्त्यमा डा. विजय ज्ञवाली ले 3L (look,listen and link) को बारेमा बृस्तित जानकारी गराउदै यस् 3L बाट आत्महत्या न्यूनीकरण गरिन सकिने, सामाजिक कार्यकर्तालाई श्रमिक समस्या समाधान गराउन सहज र सजिलो हुने कुरा अबगत गराउनु भयो ।
उक्त प्रशिक्षणमा उपस्थित भएर यस सेसनलाइ सफल बनाउन सहभागी हुनुभएका सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै एनआरएनए स्वास्थ समिती संयोजक, डा. सन्जिब साप्कोटाले कार्यक्रम समापन गर्नुभएको थिए ।
उक्त सेसनको अर्को २ सेसन जनवरी ८ र जनवरी १८ मा हुने छ ।

