आप्रवासी दिवसको अवसरमा पी.एन.सी.सी साउदी अरबद्वारा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

  • ४ पुष २०७७, शनिबार ०२:४३ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति साउदी अरबद्वारा ”अन्तर्राष्ट्रिय आप्रवासी दिवस” को अवसरमा आज अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ ।
    दीप प्रज्वलन गरि नेपालको राष्ट्रिय गान गाएर उद्घाटन गरिएको कार्यक्रम प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानको सभापतित्व र नेपाली दुतावास रियादका श्रम सहचारी जीवन कुमार राईको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  उद्घाटन संगै कोरोना बाट मृत्यु भएका मृत आत्माहरु प्रति शान्तिको काम गर्दै एक मिनेट मौन धारण समेत गरेका थिए ।
    कार्यक्रमका प्रमुख अथिति जीवन कुमार राईले नेपाली दुतावासमा थोरै मात्रामा कर्मचारी रहेकाले भनेको समस्यामा कार्य सम्पन्न गर्न नसके तापनि नेपाली श्रमिकहरुको लागि अहोरात्र खटिरहेको बताउनु भयो । करिब ३ लाख नेपाली श्रमिक रहेको साउदी अरबमा कोभिड १९ अर्थात कोरोना भाइरसका कारण आइपर्ने विभिन्न समस्याहरु समाधान गर्नु पर्ने भएकाले नियामित गर्नु पर्ने कार्य समेत गर्न नपाएको बताउनु भयो ।
    राईले कोरोनाको समयमा आइपरेका समस्याहरु सहाजिकरण गर्नलाई साथ नदिने कम्पनीहरुले माग प्रमाणीकरणको लागि अबको दिनहरुमा केहि शर्त पुरा गराउनु पर्ने योजना रहेको समेत बताउनु भयो । साथै नेपाली समाजको सधै साथ सहयोगको अपेक्षा रहेको र आहिले सम्म साथ पाइरहेकोमा खुसि ब्यक्त गर्दै हार्दिक धन्यवाद समेत ब्यक्त गर्नु भयो । नेपाली श्रमिकहरुले आफुले काम गरेको कम्पनीको HR म्यानेजरको सम्पर्क नम्बर धेरै महत्व पूर्ण हुने भएकाले सबैले आ आफ्नो साथमा राख्न आग्रह समेत गर्नु भएको थियो ।


    कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका व्यक्तिहरुले आगामी आउने दिनहरुमा नेपाली श्रमिकहरुको बिचमा आइपर्ने विभिन्न समस्या रसमधानको बारेमा छलफल तथा सुझाब राख्नु भएको थियो ।
    साथै समस्यामा परेका व्यक्तिहरुलाई प्रथामिकताको बारेमा सहयोग गर्न संयोजक पासवानलाई सुझाब समेत दिएका थिए । सिप मुलक व्यक्तिलाई प्रथामिकता दिएर सिप नभएका व्यक्तिलाई अलि कम गर्दै लैजान सके श्रमिकहरुको समस्यामा अलि दिर्घकालिन समाधान गर्न सकिने र साउदी अरब बाट फर्किने व्यक्तिहरुले नेपाल मै रोजगार सिर्जना गर्न सके अझै राम्रो हुने कुरा उपस्थित सबैले राख्नु भएको थियो ।

    कायर्क्रम नेपाली श्रमिकहरुको बारेमा केन्द्रित रहेको थियो ।
    उक्त कार्यक्रमका सभापति तथा पी.एन सी.सी का प्रवासी संयोजक नारायण पासवानले उपस्थित सबै जनालाई धन्यवाद ब्यक्त गर्दै साउदी अरबमा नेपाली श्रमिहरुको हकहितको लागि पहिला देखिने अहोरात्र खटिरहेको र आगामी दिनहरुमा पनि निरन्तर लागिपर्ने बताउनु भयो । पासवानले अहिले सम्म सत्य तथ्य पिडित पहिचान गरेर मात्रै सहयोग गरिरहेकाले कुनै पनि व्यक्तिले नक्कली पिडित भएर आफुलाई झुक्याउन नसक्ने बताउनु भयो । पछिल्लो समयमा साउदी अरबमा नेपाली श्रमिकहरुले आफु जानी जानी विभिन्न बहान गरेर समस्या परेको भन्दै सहयोगको अपिल गर्ने गरेको धेरै भेटिन्छ । म्यानपावर व्यवसायीको कारण श्रमिकहरु माथि विभिन्न समस्या सिर्जना भएकाले त्यसको समाधानको लागि म्यानपावर व्यवसायी पूर्ण रुपमा जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो ।
    साउदी अरबमा कोरोना सुरु भए संगै कोरोना अवधिमा राजदुतावास र एन आर एन ए को सहयोगमा पी. एन.सी.सी को समन्वय  समिति साउदी अरब द्वारा
    १४ जना महिला सहित १४३२ जनाको केसको समाधान गरिएको थियो । ४६९ जनालाई स्वदेश फिर्ताको लागि सहयोग गर्नु भएको थियो भने ९६ जनालाई खान बस्नका लागि नेपाली राजदुतावास  र एन आर एन संग  समन्वय गरि सहजीकरण गरिएको थियो । कोरोना बाट प्रभावित भइ रोजगार गुमाईएका ५११ जना,तलब नपाईएका ,२८६ जना,आकमा नबिकरण नभएका ३९७ जना,कार्य स्थलमा दुर्घटना तथा मृत्यु भएका १५ जना,सडक दुर्घटना ८ जना,सुसाईट गरेका ६ जना, कोरोना बाट शारीरिक कम्जोर भएका ५ जना,दुर्घटना भएका १ जना, विभिन्न कारण जेल भित्र रहेका ४० जना रहेका थिए । ५ जना लाई सिधै पी.एन.सी .सी ले साउदी देखि घर सम्मको हवाई , एक रात काठमाडौमा बसोबास र स्थानीय यातायात सेवा उपलब्ध गराइएको थियोे ।
    जस मध्ये दलित १७४ जना,मधेसी ४५८,जनजाति ४३७ र ब्रामण क्षेत्री ३६३ गरि जम्मा १४३२ जना को उद्धार गरिएको छ । उक्त  कार्य गर्नका लागि साउदी अरबको विभिन्न ठाउँमा ८ जना स्वमसेवक समेत परिचालन गरिएको थियो। प्रवासी नेपाल समन्वय समितिले कोरोना अवधिमा पनि साउदी अरबको विभिन्न शहरहरुमा हेल्थ डेस्क संचालान गरेको कुरा पी एन सी सीका साउदी संयोजक नारायण पासवानले जानकारी दिनुभयो ।
    प्रवासी नेपाली एकता समाज साउदी अरबका अध्यक्ष शिवराज जैशी,एनआरएन आइसिसिका मानार्थ सदस्य रमेश भन्डारी,नेपाली श्रमिक साउदी अरबका अध्यक्ष रुपक वाइबा तामाङ,झापाली समाज साउदी अरबका अध्यक्ष मदन ओडारी,अन्तर सन्स्था समन्वय समिती रियादका महासचिव नागेश तामाङ,सिर्जना संस्कृति समुहमा सल्लाहकार बिज्ञान राई,प्रवासी नेपाली एकता मन्चका सदस्य बिमल गौतम, प्रवासी एकता मंचका कमल खत्री, दलित एकता संजालका अध्यक्ष देबेन्द्र बिश्वकर्मा,किशन बिश्वकर्मा,याक्थुङ् चुम्लुङ्ग समाज साउदी अरबका महासचिब राज राई, अन्तरास्ट्रिय सुदुर पश्चिमेली समाज साउदी अरबका अध्यक्ष जगदिस नाथ,प्रवासी नेपाली एकता मन्चका कमल शाही निर्मल र डा.अनिरुद्र पाठक लगायत अन्य व्यक्ति हरुको उपस्थित रहेको थियो ।

    Leave a Reply