एनआरएनए साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” दोस्रो चरणको राहदानी नविकरण कार्यक्रम सम्पन्न,

  • २७ मंसिर २०७७, शनिबार १०:२२ मा प्रकाशित
  • साउदी अरब ! गत ११-डिसेम्बर-२०२० का दिन नेपाली दूतावास तथा एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रमको दोस्रो चरण पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम एकैदिन साउदी अरबको दुई शहर ताबुक क्षेत्र र पुर्वी क्षेत्र जुबेल स्थित एभरेष्ट होटलमा  सम्पन्न गरेको छ।

    गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले  सुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत पासपोर्ट नविकरण कार्यक्रम सुरु गरेको कुरा एनआरएनए साउदीका प्रबक्ता बिष्णु न्यौपानेले बताए ।

    पासपोर्ट नविकरण लागि नेपाली राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उद्देश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम १२३ जनाले अनलाइन फारम भरेका थिए भने कार्यक्रम स्थलमा अनलाइन फारम भर्न नसकेका र प्रतक्ष रूपमा उपस्थित भएका थप २६ जना नयाँ सहित कूल १४९ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएको कुरा प्रबक्ता न्यौपानेले जानकारी दिए। 

    उक्त कार्यक्रममा राहदानी नविकरणका लागि नेपाली राजदुतावास रियाद बाट: नरेन्द्र कामी–तृतिय सचिव, आनन्द सुवेदी तृतिय सचिव, हरि घिमिरे-स्थानिय कर्मचारी पुर्वी क्षेत्र, हेमन्त आचार्य-कार्यलय सहयोगी, अजय दनुवार-कार्यालय सहयोगी र रोशन मन्डल-कार्यालय सहयोगीको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु: राजेन्द्र अर्याल–सह-संयोजक एनआरएनए आइसिसी मध्यपुर्व, एनआरएनए साउदीका अध्यक्ष तेज थापा, संरक्षक-राजु सैयद, डमर कुमार यादव-प्रमुख सल्लाहकार, रोशन श्रेष्ठ–उपाध्यक्ष, मुस्तक मदानी-परियोजना फिल्ड अफिसर, प्रमोद लामिछाने-भुतपुर्ब एनसिसी सदस्य, ढल बहादुर थापा-पुर्ब आरसिसी उपाध्यक्ष पुर्बी क्षेत्र, देवानारायण चौधरी- उपाध्याक्ष स्थानिय समिती जुबैल, मधुसुदन अर्याल-सचिव स्थानिय समिती जुबैल, गणेश अर्याल-दमाम स्थानिय समिती सदस्य, पदम महत-NRN कर्मी, रविन राइ-NRN कर्मी, ओम कुमाल-NRN कर्मी, अक्कल प्रधान-नेपाली साझा मन्च र हेल्प मदेश साउदी बाट श्याम कुमार महतोको उपस्थिती रहेको थियो।

    यसै गरी सोहिदिन ताबुक क्षेत्रमा गरिएको राहदानी सहजिकरणमा नेपाली ३२ जनाले सेवा पाएका थिए ।
    माहावाणिय दुताबास जेध्दा र एनआरएनएको संयुक्त आयोजनामा ताबुक क्षेत्रमा गरिएको “श्रमिक आउटरेज क्याम्पिङ”मा आरआर, दुवा, गुरैत र तुरैफ आसपासका क्षेत्र बाट उपस्थित भएका  श्रमिकहरुले सेवा लिएका थिए ।

    कार्यक्रममा नेपाली माहावाणिज्य दुताबास जेद्दाको तर्फ बाट: कर्मचारिहरु: झुपलाल पुन मगर, सुजन वाग्ले र राजु बास्कोटाको उपस्थिती रहेको थियो भने एनआरएनको तर्फ बाट: सन्तोष लुइंटेल-एनआरएनए एनसिसी साउदीका कोषाध्यक्ष र सल्लाहकार भक्त हमाल साथै एनआरएनए ताबुक क्षेत्रिय समन्वय समिती बाट: अर्जुन थापा-अध्यक्ष,देवी सुतार कार्की-कोषाध्यक्ष,युवराज पोख्रेल-सचिव,दिपक कार्कि-सदस्य,ओम थापा मगर-सदस्य र हेमन्त बस्नेत- सल्लाहकारको उपस्थिती रहेको थियो। 

    यस अघि गत ४-डिसेम्बरको पहिलो चरणमा १६९ जनाले साउदी अरबको पुर्बी क्षेत्र
    बाट राहदानीनविकरण देखी लाभान्वित भएका थिए ।
    उक्त कार्यक्रम बाट अहिलेसम्म ३५० जनाले सेवा पाएका र साउदी अरबको अन्य शहर अल-कासिम, ताबुक, जिजान,आब्भा-खामिस्,यान्बु लगायतका शहरहरुमा यही प्रकृतिको कार्यक्रम आवश्यकता हेरी उपयुक्त स्थान र मिती छिट्टै सार्वानिक गरिने कुरा पनि संस्थाका प्रबक्ता बिष्णु न्यौपानेले जानकारी दिए।

    2 thoughts on “एनआरएनए साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” दोस्रो चरणको राहदानी नविकरण कार्यक्रम सम्पन्न,

    1. स्थान मा अलिकति मिस्टेक भएको हो,
      दम्माम स्थित होइन, जुबेल स्थित हो
      नेपाली एभरेष्ट रेसटुरेन्टमा है

    Leave a Reply