
समर्पण रम्जान
१५ पुस २०२०, मुग्लिन ! चितवन जिल्लाको एक मात्रै गाउँपालिका मुग्लिनमा रहेको सिर्जनशील महिला जागरण केन्द्रको आयोजनामा इच्छाकामना ५ पामडाडा बिधालयमा अध्ययनरत ७९ जना चेपाङ बिद्यार्थीहरुलाई स्विटर बितरण गरेको छ ।
उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष मोदराज सिलवालको प्रमुख आतिथ्य, वरिस्ठ सदस्य बलराम त्रिपाटिको बिशिस्ट अतिथी, अनि कांग्रेस सचिब हिरा गुरुङ, स्कुल अध्यक्ष चित्र गुरुङ, सल्लाहकार इस्लाम दिन मियां, थम ब गुरुङ, सिर्जनशील महिला जागरण केन्द्रका पदाधिकारीहरुको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको संस्थाकि सकृय प्रतिनिधि जुना गुरुङले जानकारी दिनुभयो ।
जाडोको मौसम सुरु भएसँगै दिनानुदिन जाडो अधिक रुपमा बड्दै गइरहेकोले उक्त बिधालयमा पढ्ने चेपाङ बिद्यार्थीहरुलाई जाडोबाट सुरक्षीत राख्नको लागि चेपाङ वालवालिकालाई स्विटर प्रदान गर्न केन्द्रकी उपाध्यक्ष शोभा बानियाको पहलमा उनका भाई हरि पन्तको संस्था एलिन एण्ड हरि फ्रेन्सिप फण्टले आर्थिक सहयोगमा स्विटर वितरण गरिएको थियो ।
स्विटर वितरण कार्यक्रम बिधालयमानै गएर गरिएको संस्थाकि प्रतिनिधि गुरुङले जानकारी दिनुुुभयो ।
यसअघि पनि सिर्जनशील महिला जागरण केन्द्रले थुप्रै समाजसेवाका कार्यहरू गर्दै आएको छ, भने संस्थाकि उपाध्यक्ष शोभा बानियाँको पहलमा र उनका भाई हरि पन्तको संस्था एलिन एण्ड हरि फ्रेन्सिप फण्टलेनै गत केही हप्ता पहिले पनि लम्जुङको एक गन्दर्भ बस्तिमा खाद्यान्न समाग्री वितरण गरेको थियो ।



