राप्ति लाइफ केयर अस्पतालमा लिंग भाच्चिएको ब्यक्तिको सफल शल्यक्रिया

  • १५ पुष २०७७, बुधबार २१:१८ मा प्रकाशित
  • दाङ, १५ पुस

    दाङ जिल्लाको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.ले लिंग भाच्चिएका एक ब्यक्तिको सफल शल्यक्रिया गरेको छ । लिंग भाच्चिएको समस्या लिएर आएका उक्त ब्यक्ति अस्पतालमा बुधवार भर्ना भएको र साेही दिन नै निजको शल्यक्रिया गरिएकोअस्पतालका निर्देशक जीवन भण्डारी जनाएका छन ।

    निर्देशक भण्डारीका अनुसार डा. सुशिल खनिँया, डा.रुपेश महत्तो लगायतको चिकित्सक सहितको टोलीले भाच्चिएको लिंगको सफल शल्यक्रिया गरेका थियो। विरामीको गोपनियताको हकको सम्मान गर्दै ति ब्यक्तिको नाम ठेगाना गोप्य राखिएको छ । यस अघि पनि तुलसीपुरको एक अस्पतालमा यस्तै प्रकृतीको समस्याको सफल शल्यक्रिया गरिएको थियो ।

    Leave a Reply