पिएनसीसी साउदी द्वारा जेद्दामा श्रमिक स्वास्थ्य सिबिर संचालन गर्दै

  • ७ पुष २०७७, मंगलवार २३:३८ मा प्रकाशित
  • जेद्धा/साउदी | प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाले नेपाली बाणिज्य महादुतावास जेद्दाको प्रमुख आतिथ्यमा श्रमिक स्वास्थ्य सिबिर संचालन गर्ने भएको छ । साउदीमा जेद्दाको सर्फिया स्थित अल-बदर पोली-किलिनिक को पछाडी ईम्पलाला गार्डेन हलमा डिसेम्बर २५ तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका विदेश संयोजक नारायण पासवानले जानकारी दिनुभयो ।
    संयोजक पासवानका अनुसार प्रबासी नेपाली समन्वय समिति प्रबास शाखा साउदी अरब र नेपाली महाबाणिज्य दूतावास जेद्दाको प्रमुख आतिथ्यमा ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर द्वारा स्वास्थ परिक्षण गरिने एक विज्ञप्ति द्वारा जानकारी गराउनु भएको छ !

    अपराह्न १२.३० बजेदेखि संचालन हुने सो स्वास्थ्य शिविरमा सहभागी भई पी.एन.सी.सी साउदीअरब द्वारा नेपाली श्रमिकहरुलाई लक्षित गरी गरिने सेवाको भरपुर फाइदा उठाउन यसै विज्ञप्ति द्वारा जानकारी गराइन्छ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    आयोजकले स्वास्थ्य शिविरमा उपस्तिथि हुनेहरूले मास्क र सामाजिक दूरी लगायत कोरोनालाई परास्त गर्ने बिधि अपनाउनुपर्ने जनाइएको छ ।
    यसअघि पिएनसीसीले साउदीको अल कासिममा हेल्प र हेल्थ, जुवेल र दमाममा तथा अल खोबरमा लगायात हायलमा पनि हेल्प डेस्क संचालन गरिसकेकाे छ । कार्यक्रम बारे अधिक जानकारीका लागि पी.एन.सी.सी का विदेश संयोजक नारायण पासवान लाइ सपर्क गर्न सकिने छ भनि उपलब्ध गरिएको बिज्ञप्ति मा जनाइएको छ !

    सम्पर्क नम्बर 0558517861
    नारायण पासवान
    विदेश संयोजक पी.एन.सी.सी साउदी अरब

    Leave a Reply