निजि तथा सामुदायिक विद्यालयका प्रमुखहरुसंग अन्तर्क्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न

  • २६ मंसिर २०७७, शुक्रबार ०७:१९ मा प्रकाशित
  • तुलसीपुरमा विभिन्न निजि तथा सामुदायिक विद्यालयका प्रमुखहरु सँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    सहभागीहरु सँग वर्तमान परिस्थितिमा विद्यालय संचालनको अवस्था , जोखिम न्यूनीकरणका उपाय , विद्यालय संचालनको चुनौती, वर्तमान अवस्थामा कोभिड को प्रकोप, जस्ता विषयमा बिहीबार छलफल तथा अन्तर्क्रिया गरिएको हो ।

    अन्तर्क्रिया कार्यक्रममा विद्यालय संचालनको सिकाईका अनुभवको वारेमा हरेक पालिकामा कसरी एकरुपता ल्याउन सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा सबै विद्यालय प्रमुखहरुले विद्यालय संचालन प्रकृयाको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रमका भएको छलफलको निष्कर्ष अनुसार सबै विद्यालयहरुले अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र पठनपाठन सुचारु गर्नुपर्ने र त्यसको नियमित अनुगमन गरिने भएको छ ।

    अन्तर्क्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जय नारायण आचार्यज्युको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख , ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख , शिक्षा कार्यालयका प्रतिनिधि , तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्कर गौतम ,शिक्षा संयोजक देवराज विक ,तुलसीपुर शिक्षा शाखाटिम ,जन स्वास्थ्य प्रर्वद्धन शाखाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर शिक्षा शाखा प्रमुख चक्र भण्डारीले गर्नु भएको थियो।

    Leave a Reply