ठोरी क्षेत्रमा बिहानीपख नियमित रुपमा बिद्युत अवरोध हुन थाल्यो

  • २० मंसिर २०७७, शनिबार १२:०९ मा प्रकाशित

  • मंसीर,२०पर्सा

    ठोरी क्षेत्रमा दैनिक रुपमा बिहान करीब २ बजेदेखि ८ बजे सम्म बिद्युत अवरोध हुन थालेको छ ।

    नियमित रुपमा बिद्युत अवरोध हुन थालेपछि स्थानीय बासी मर्कामा परेका छ्न । बिद्युत अवरोध भएपछि अन्धकार हुने भएकाले जंगली जनावरहरु गाउँमा पसेर तरकारी बाली नष्ट गरी बाख्रा, कुखुरालाई समेत आक्रमण गर्न थालेको बिजयबस्तीका स्थानीयबासी बताउछन् । बिद्युत अवरोधका कारण बिहानै उठेर अध्ययन गर्ने विद्यार्थीहरुलाई विशेष असर पुगेको छ ।

    नियमित रुपमा बिहान बिद्युत अवरोध हुनुको कारण पोखरीया देखि ठोरी सम्मका बिद्युत पोलमा लगाइएको माटोको कीट मध्ये केही कीट प्वाल परेको हुनसक्ने अनुमान रहेको बिद्युत प्राधिकरण पोखरीया अन्तरगत ठोरी क्षेत्रका फिल्ड मेनेजर रामलालले बताए ।

    बिहान करीब २ बजेतिर शीत पर्ने भएकाले प्वाल परेको किटबाट शीत चुहिएर फायरिङ भएर बिद्युत अवरोध हुने र बिहान ८ बजेतिर शीत सुकेपछी फेरि बिद्युत सुचारु हुने उनले बताएका छ्न । तर यो समस्या कुन पोलमा छ भनेर पत्ता लगाउन अत्यन्त चुनौतीपूर्ण रहेको पनि उनले बताए । उनले भने ” दिउँसो खोजेर पत्ता लाग्दैन, राती फायरिङ भएको देखेपछी मात्र पत्ता लाग्ने भएकाले यो समस्या समाधान गर्न निकै समय लाग्न सक्छ ।”

    प्वाल परेको किट खोज्न सुरु गरिसकेको पनि उनले बताए । बिद्युतकै माध्यमबाट पानी तान्नु पर्ने भएकाले बिद्युत अवरोधका कारण ठोरी क्षेत्रका धेरै स्थानहरूमा खानेपानीको समेत समस्या उत्पन्न भएको छ ।

    श्रोत :रेडियो बिजयबस्ती न्युज डेस्क

    Leave a Reply