
काठमाडौँ- पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्र्याँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ।
यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्यानले ती चालकलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो।
प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थाका अध्यक्ष कृष्ण भण्डारीले आठ जना चालकको उडान अनिश्चितकालका लागि रोकिएको बताए। उनका अनुसार चालक युकेश गुरुङ, सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई उडान गर्न रोक लगाइएको हो।
चालकले यात्रुसहित उडानको क्रममा सुरक्षामा हेलचेर्क्याइँ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए । यो समाचार आजको देशसंचारबाट लिइएको हो ।

