उमेश कुशवाहा,बीरगंज पौष ०४ । वडा प्रहरी कार्यालय श्रीपुरद्वारा चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
बिरगंज म.न.पा.वडा नं.११ स्थित आवाज एफ.एम.नजिकबाट ना.९ प ८६४२ नं.को रातो क्लरको हंक मोटरसाईकल चोरी भएको थियो।
मिती २०७७।०९।०२ गते १६:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.११ स्थित आवाज एफ.एम.नजिकबाट ना.९ प ८६४२ नं.को रातो क्लरको हंक मोटरसाईकल चोरी भएको भनी जिल्ला प्रहरी कार्यालय श्रीपुर तथा तालुक जिल्ला प्रहरी कार्यालय पर्सामा सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय श्रीपुरले खोजतलासको क्रम्मा मिती २०७७।०९।०४ गते बिहान ११:०० बजेको समयमा बीरगंज सिर्सिया पुल नजिकबाट वेवारिसे अवस्थामा फेला पारी सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय श्रीपुर जनकारी दियो।


