लैंगिक हिंसा विरुद्ध मनोपरामर्श तथा कोरोना भाइरस सम्बन्धि अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न

  • २५ मंसिर २०७७, बिहीबार २१:४८ मा प्रकाशित
  • घोराही, २५ मंसिर
    दाङको घोराहीमा लैंगिक हिंसा विरुद्ध मनोपरामर्श तथा कोरोना भाइरस सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    घोराही उप महानगरपालिका वडा नं १४ को आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा वडा भित्र रहेका विभिन्न आमा समुह, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, विद्यालयका प्राधानध्यापकहरु लगायतका ब्यक्तिहरुको सहभागीता रहेकोे थियो ।

    कार्यक्रममा समाजमा हुने गरेका लैंगिक हिंसाका घटनाहरु, पीडितलाई गरिने मनोपरामर्श लगायत वर्तमान समयमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका बारेमा सहभागीहरु सँग छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

    कार्यक्रममा वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, मनोपरामर्शकर्ता राधा पौडेल लगायतले आफ्नो महत्वपुर्ण भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण तिलकराम डिसीले गरेका थिए ।

    Leave a Reply