डिभर्ना आयुर्वेद औषधालयद्वारा अर्घाखाँचीको खाँचिकोटमा गाउँघर क्लिनिक संचालन

  • १७ मंसिर २०७७, बुधबार ०८:०० मा प्रकाशित
  • सन्धिखर्क, १६ मंसिर
    अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको डिभर्ना आयुर्वेद अ‍ौषधालयले खाँचिकोटमा गाउँघर क्लिनिक संचालन गरेको छ । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले मंगलबार उक्त क्लिनिकको उद्घाटन गरि शुभारम्भ गरेका हुन ।

    उद्घाटन समारोहमा नगर उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकाेटा, अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका नि.कार्यालय प्रमुख कमल प्रसाद आचार्य, नगर स्वास्थ्य संयाेजक पुर्ण प्रसाद पराजुलि, आयुर्वेद शाखा प्रमुख तिलक जंग जनैदार, वैद्य टेकनाथ भुसाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रत्येक महिनाको १६ गते सेवा संचालन गर्ने गरी गाउँघर क्लिनिकको शुभारम्भ गरिएको आयुर्वेद शाखा प्रमुख तिलक जंग जनैदारले जनाएका छन । साथै साथै शाखा प्रमुख जनैदारले उक्त क्लिनिकबाट संक्रामक रोगहरु भन्दा पनि नसर्ने रोगहरु जस्तो अम्लपित्त, बातब्याधी, मधुमेह, उच्च रक्तचाप लगायत स्वास्थ्य समस्याको उपचार गरिने बताए ।

    Leave a Reply