घोराहीमा राजतन्त्र पक्षधरहरुको बृहत प्रदर्शन, राजतन्त्र सहितको हिन्दुराज्यको माग

  • १८ मंसिर २०७७, बिहीबार १९:०४ मा प्रकाशित
  • घोराही, दाङ १८मंसिर


    दाङ जिल्लाको घोराहीमा आज राजतन्त्र पक्षधरहरुले बृहत प्रदर्शन गरेका छन । राजतन्त्र पुनस्थापनाको जोडदार माग राख्दै मोटरसाइकल र कार सहितको र्‍यालीले ‘राजा आउ देश बचाउ’ जस्ता नाराबाजी गरेको थियो ।

    दाङको विभिन्न स्थानबाट आएर घोराहीको ट्राफिक चोकमा जम्मा भइ निकालिएको मोटरसाइकल र्‍यालीले सवैधानिक ‘राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर’, ‘नितिगत भ्रष्ट्राचार अन्त्य गर’ जस्ता नाराबाजी सहित बजारका विभिन्न स्थानहरुको परिक्रमा गरि तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

    नेपाल देशभक्त नागरिक समाज तथा राजसंस्था पक्षधर पार्टी तथा संघ संस्था, ब्यापारी लगायतको सहभागीतामा भएको प्रदर्शन पछि आयोजित कोणसभामा स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ति, राप्रपाका केन्द्रिय सदस्य भोलानाथ योगी, अर्का केन्द्रिय सदस्य भानु केसी, ऋषिराज देवकोटा, दामोदर भण्डारी, भुपाल रावत, वंशिकुमार शर्मा लगाएतले राजसंस्थाको पुनस्थापना अहिलेको समयमा अपरिहार्य भएको उल्लेख गरेका थिए ।

    Leave a Reply