उखु किसानको आन्दोलनमा सांसद रौनियार पनि सहभागी

  • १३ पुष २०७७, सोमबार १४:३७ मा प्रकाशित
  • पर्सा-उखु किसानको आन्दोलनमा जनता समाजवादी पार्टी जसपाको सांसद हरिनारायण रौनियारले एक्यवद्धता जनाउनु भएको छ । काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा जसपाका नेता रौनिया पुगेर एक्यवद्धता जनाउनु भएको हो ।

    सांसद रौनियारले किसानसँगै धर्नामा बसेर आन्दोलनमा एक्यवद्धता जनाउनु भएको हो । सो क्रममा सांसद रौनियारले किसानहरु उखुको मोल खोज्न नभई सरकार खोज्न आएको बताउनुभयो । 

    उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिएपनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने उहाले बताउनुभयो । यस्तै अहिले सरकारमा बस्नेहरुले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको सांसद रौनियारले भन्दै गोनासो गर्नुभयो ।

    चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरुले अहिले तिनै किसानहरुलाई नचिनेको उहाले बताउनुभयो । प्रदर्शनमा आउने किसानहरु किसान नै होइनन भन्ने मन्त्रीको भनाई सरकारको आधिकारीक धारणा हो वा होइन भन्दै प्रश्न समेत गर्नुभयो ।

    यसैगरी जनता समाजवादी पार्टीको किसान माहासंघ पनि आन्दोलनमा एैक्यवद्धता केही दिन पहिला नै जनाई सकेको छ । उखुको भुक्तानी माग गर्दे आन्दोलनमा सहभागि हुँदै आउनुभएका सर्लाहीका उखु किसान गजेन्द्रप्रताप सिंहले सरकारले किसान प्रति गरेको व्यवहार सकारात्मक नभएको बताउनुभयो । किसानले कपडा लागाएर आन्दोलन गर्दा सरकारले विचौलिया देखेको भन्दै दुःख व्यक्त गर्नुभयो । 

    उद्योगीहरुले ठेक्कापट्टाका लागि लिएको ऋण उखुबाट उत्पादन भएको चिनी विक्री गरेको रकमबाट तिर्ने तर किसानलाई भुक्तानी नदिने प्रवृतिले आफुहरु मारमा परेको पनि बताउनुभयो। उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा गएर आन्दोलन गरिरहेका छन् । 

    Leave a Reply