
समर्पपण रम्जान, ,
३ नोभेम्बर २०२०, साउदी अरबनेपाली राजदूतावास रियाद साउदी अरबद्वारा एक सार्बजनिक सुचना निकाल्दै साउदीमा रहेका नेपालीहरुलाइ जथाभावी सामाजिक संजालमा कमेन्ट र पोस्ट नगर्न अनुरोध गर्दै यस्तो गरेमा सजायँको भागेदार हुनुपर्ने चेतावनी दिएको छ ।
राजदूतवासबाट प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा लभ्लि केटो नामक फेसबुक आइडीबाट नेपाली महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र पोष्ट गरेको पाइएको हुँदा सो पोष्ट तुरून्त हटाउन पनि सचेत गराएको छ ।
साथै, साउदी अरबमा फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई म्यासेज पठाउदा वा कुनै पनि विषयमा कमेन्ट गर्दा स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्नुहुन समेत अनुरोध गरेको छ ।
दूतावास रियादले आफ्नो आधिकारिक फेसबुक पेजबाट यस्ता साइबर क्राइम लाग्ने कार्यहरु नगर्न सुचित गराउदै स्थानीय कानूनको विरूद्द हुनेगरी कार्य गरेका कारण केही नेपालीहरुले गम्भीर सजाय भोगिरहेको पनि जानकारी गराएको छ ।
दूतावासले सम्पुर्ण नेपाली श्रमिकहरुलाइ आफ्नो जिम्मेवारी प्रति सचेत भइ आ-आफ्नो काम गर्नुहुन सबैमा अनुरोध गरेको छ ।

