दीगो बिकासको बृहत परियोजना सुरु गर्दै “ज्वाला संग्रौला”

  • ३ मंसिर २०७७, बुधबार १९:२८ मा प्रकाशित
  • फेसबुक पेज

    ३ मंग्सिर २०७७,
    काठमाडौ ! समुदायको जीबनस्तर उकास्नका लागि एउटा गतिलो योजना तयार गरेर सामुहिक बस्ती बिकास , सामुहिक कृषि,ग्रामीण पर्यटन,उर्जा, बन संरक्षण र दीगो बिकासको अवधारणालाई लक्षित गर्दै संबन्धित सरोकार निकायबाट इजाजत लिएर भरपर्दो र ज़िम्मेवार ब्यक्तिहरुको टिम मिलेर एउटा बिकासको परियोजना सुरु गर्न लागेको कुरा सामाजिक अभियन्ता ज्वाला संगौलाले आफ्नो फेसबुक पेज बाट सेयर गरेकी छिन् ।

    उहाँले आफ्नो फेबुक पेजमा आफ्नो परियोजना बारे बृस्तित जानकारी गराउदै आफ्नो परियोजनाको लक्ष्य सबैमा सेयर गरेकी छिन् ।
    उहाँको भनाइ जस्ताको त्यस्तै
    “एउटा ब्यक्तिमात्र धनी भएर मुलुक बन्दैन,एउटा नेतामात्र धनी भएर मुलुक बन्दैन । मुलुक धनी बनाउन सबैभन्दा पहिला समुदायको जीबनस्तर उकास्नु पर्छ।समुदायको जीबनस्तर उकास्नका लागि एउटा गतिलो योजना तयार गरेर अगाडि बढ्नु पर्छ ।यसै कुरालाई मध्यनजर गर्दै सामुहिक बस्ती बिकास , सामुहिक कृषि,ग्रामीण पर्यटन,उर्जा, बन संरक्षण र दीगो बिकासको अवधारणालाई लक्षित गर्दै संबन्धित सरोकार निकायबाट इजाजत लिएर भरपर्दो र ज़िम्मेवार ब्यक्तिहरुको टिम मिलेर तपाईहरुलाई पनि सहभागी गराउने उदेश्यले एउटा बिकासको परियोजना सुरु गर्दै छौं..! यो योजनाका कामहरु यसप्रकार रहने छन्:
    १)सामुहिक कृषि ,पशुपन्छी पालन, सामुहिक बस्ती बिकास , ग्रामीण पर्यटन,स्वास्थ्य शिक्षामा हरेक वर्गहरुको समान अधिकार रहने गरि काम गर्ने
    २)जलवायु परिवर्तनको असरलाई ध्यानमा राखी सुख्खा क्षेत्रमा जलासय निर्माण गर्ने र बनजंगलको संरक्षणको निम्ति बृक्षरोपणमा प्राथमिकता दिने
    ३)सामूहिक बस्ती निर्माण गरी जातीय , लैंगिक , धार्मिक र सामाजिक बिभेदको खाडलको अन्त्य गर्ने
    ४)स्थानीय हरुलाई रोजगारीका अवसरहरु प्रदान गर्ने
    ५)हातमा शक्ति , सत्ता र पैसा हुदापनि एउटा बाटो समेत पिच गर्न नसक्ने र पिच गरिहाले पनि १० दिनभित्र उक्किने कालोपत्र लगाएर करोडौ भ्रस्टचार गर्ने सरकारलाई काम यसरी गर्नु पर्छ भनेर आफैले गरेर देखाउने
    ४) गर्न सके यहि मुलुक भित्रै संभावना छ भनेर सारा नेपालीहरुलाई सन्देश दिने
    नोट: साँच्चै देश बनाउनु पर्छ , आफू उठ्नु पर्छ र अरुलाई पनि उठाउनु पर्छ भन्ने भावना बोक्नु भएका इमानदार ब्यत्तित्वहरु यस परियोजनामा सामेल हुन सक्नुहुनेछ।आजसम्म हामीले हरेक ठाउँमा फिर्ता नहुने गरि मानवताको नाताले लाखौ सहयोग गर्यौं! त्यस्ले देशमा दुख पाएकाहरुले एक दिनको लागि सान्त्वना त पाए तर त्यस्ले दीर्घकालिन गरिबि हटाएन। बरु मान्छेहरुले झन् मागेर खान मात्र सिक्न थाले। तसर्थ अब दीर्घकालीन समस्याको समाधानका खातिर बिकासका परियोजनामा के हामी थोरै लगानी गर्न सक्छौं? हामीले गरेको लगानी कतै खेर जाने छैन , घट्ने छैन , बढेरै जाने छ ..! त्यो लगानीले लगानीकर्ता ब्यक्ति , समुदाय र देश तिनै तत्वहरुलाई माथी उठाउने छ ! केहि गर्छु भन्ने सोच बोक्नु भएका मित्रहरुले म्यासेज गर्नुहोला..! ”

    Leave a Reply