दाङमा तिहारलाइ लक्षित गरि निषेधाज्ञा देउसि भैलाे खेल्नमा राेक

  • २५ कार्तिक २०७७, मंगलवार १३:५७ मा प्रकाशित
  • तुलसिपुर कात्तिक २५

    कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ती जारी गर्दै काेभिड १९ काे संक्रमण बढ्न सक्ने भन्दै यो वर्षको तिहारमा देउसीभैलोमा राेेक लगाइएको बतााएको छ ।

    जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा कुनै पनि राजनितीक दल , समूह, युवा क्लब, लगायतका बाट देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । निसेधाज्ञाकाेे पालना नगरिएकाे पाइएका १०० नम्बरमा फाेन गरेर जानकारी दिन समेत सर्बसाधरणमा आग्रह गरिएको छ ।

    Leave a Reply