उमेश कुशवाहा बीरगंज । उपचारमा सहयोग तथा पहल गर्न सियापती देवी चमारले हार्दिक अनुरोध गरिएकी छन।
पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका वडा -५, महुवनकी ३० बर्षीय सियापती देवी चमारको पाठेघरमा घाउ भएको छ।
पैसाको अभावले भिडियो एक्सरे भएको छैन। बिरगंजको डाक्टर अस्मिता उपाध्याय दुबेदीको प्रारम्भिक चेकजाँचको अनुसार पाठेघरमा घाउ भएको छ। तुरुन्त पाठेघरको अप्रेसन गर्नु पर्ने भएको छ। अप्रेसन न गरिएमा क्यान्सर हुने सम्भावना रहेकोे छ।
घर परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गराउन नसकेका छ्न। पाठेघरमा घाउ भए कि महिला माईती घरमै बस्ने गरेकी छिन। उहाँको श्रीमान ज्यालादारी गरि घर परिवार पाल्ने गर्द्छ्न। उहाँको २ छोरी र २ छोरा पनि छ्न।
उहाँ महिलाको उपचारको लागि पहल तथा सहयोगको लागि सबैमा अनुरोध रहेको छ।


