
दाङ, ३ मंसिर
दाङ जिल्लाको बबई नदिमा डुबेर एक ब्यक्तिको मृत्यु भएको छ । तिहारमा खेलेको भैलोको पिकनिक खान गएका बबई गाउँपालिका वडा नं – ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्काको मंगलबार करिब ३ बजेतिर बबई नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
मृतक खड्का करिब ३ बजे डुबेको भएपनी निजको शव करिब १ घण्टा पछि मात्र स्थानीयले फेला पारेका थिए ।
मृतक खड्का पौडी खेल्न सक्ने हुँदाहुँदै पनि मादक पदार्थ सेवन गरेका कारण पौडी खेल्न नसकी निजको नदीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।

