ट्रम्पलाई हराउँदै वाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

  • २२ कार्तिक २०७७, शनिबार २३:५९ मा प्रकाशित
  • कात्तिक २२, एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन बिजयी भएका छन् । उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएकी छिन ।

    बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए ।

    निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेनलेे जितेेेेेेका छन् ।  अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए ।  उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।

    उनले यो महान् राज्यलाई नेतृत्व गर्ने मौका दिएकामा सम्पुर्णलाई अभार प्रकट गर्दै आफू सम्मानित महसुस गरेको बताएका छन्। ‘हामीअघिको यात्रा कठीन छ, तर म प्रतिज्ञा गर्छु- म सबै अमेरिकीको राष्ट्रपति बन्नेछु- तपाईँले मत दिए पनि वा नदिए पनि। म तपाईँहरुले ममाथि गरेको विश्वास कायम राख्नेछु।’

    Leave a Reply