
वीरगन्ज २२ कार्तिक : आज बिहारमा निर्वाचन , नेपाल भारत सिमा ४८ घण्टाको लागि बन्द गरिएको छ।
छिमेकी भारतको बिहार राज्यमा आजदेखी हुने तेश्रो चरणको बिधानसभा निर्वाचनका लागि हिजो साझ पाचबजेदेखी नेपालको सिमा बन्द गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामांगले हिजो साझ ५ बजेदेखी भोलि आइतवार साझ ५ बजेसम्मका लागि ४८ घण्टा सिमा नाका बन्द गरिएको बताए ।
आज बिहान विधानसभाको लागि तेश्रो तथा अन्तिमचरणको निर्वाचनमा १५ जिल्लामा निर्वाचन हुदैछ । कुल ७८ पदको लागि भैरहेको निर्वाचनमा १२०४ जना उम्मेदवार चुनावी मैदानमा छन ।

