
वीरगन्ज ,२४ कार्तिक । स्रोत नखुलेको १६ लाख नेपाली रुपैंयासहित जैनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रक्सौल पूर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्णकुमार जैन रहेका छन् ।
स्रोत नखुलेको १६ लाख नेपाली रुपैंयासहित जैनलाई पर्सा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । वीरगञ्ज महानगरपालिका–८ माइस्थान चोकबाट रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो । बरामद भएको रकम हुण्डी कारोबारमा प्रयोग हुन सक्ने प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

