
दाङ, ११ मंसिर
लुम्बिनी प्रदेशमा हालसम्म २३ हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार मात्र १ सय ९३ जना नयाँ संक्रमित थपिएसँगै उक्त संख्या पुग्न गएको हो ।
प्रदेशमा हालसम्म कुल १ लाख ८२ हजार १ सय ८३ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएकोमा १ लाख ८१ हजार ९ सय ९८ जनाको प्रदेशका विभिन्न १२ वटा आरटि-पिसिआर ल्यावमा पिसिआर गरिसकिएको छ । पिसिआर परिक्षण गरिएका स्वाव नमुना मध्ये २३ हजार ३९ जनालाई कोरोना संक्रमण देखिएको छ भने १ लाख ५८ हजार ९ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छैन ।
त्यस्तै कोरोनाको आरडिटी प्रविधिबाट हालसम्म परिक्षण गरिएका ८२ हजार १ सय ७१ जना मध्ये ७ हजार ८ सय १५ जनामा पोजिटिभ देखिएको छ ।
हालसम्म कोरोना संक्रमण भएको पुष्टि भएका मध्ये २ हजार ५ सय ७६ जना विभिन्न स्वास्थ्यसंस्थामा उपचाररत रहेका छन भने २० हजार १ सय ८५ जना निको भइ घर फर्की सकेका छन ।
लुम्बिनी प्रदेशमा कोरोना संक्रमण भइ दु:खद मृत्यु हुने मृतकको संख्या भने २ सय ७५ जना रहेको छ । कोरोनाका कारण समस्या भइ आइसियुमा ६४ जना र भेन्टिलेटरमा २ जना ब्यक्ति उपचाररत रहेका छन ।
प्रदेशमा रहेका ५ सय ९ वटा क्वारेन्टाइन साईटमा ७ हजार ६८ वटा बेड रहेको छ भने हाल ३५ जना ब्यक्ति क्वारेन्टाइनमा रहेका छन ।
प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल, ७ वटा निजि अस्पताल र १ सय २ वटा आइसोलेसन सेन्टर गरि कुल १ सय १३ वटा साइट रहेका छन । जसमा क्रमशः कोरोना विशेष अस्पतालमा १ सय ९७ वटा, निजि अस्पतालमा ४ सय ३ वटा र आइसोलेसन सेन्टरमा २ हजार ७ सय ६ वटा बेड रहेका छ्न ।

