मुग्लिन आँबुखैरेनी सडक खण्डको खहरेमा यात्रुबाहक बस दुर्घटनाग्रस्त

  • ११ मंसिर २०७७, बिहीबार १८:०० मा प्रकाशित
  • गोरखा ११, मङ्सिर । पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी मुग्लिन सडक खण्डमा आज दिउँसो यात्रुबाहक बस दुर्घटनामा परेको छ । आँबुखैरेनी गाउँपालिका–३ को खहरे भन्ने स्थानमा बस सडकबाट खसेको प्रहरीले जनाएको छ ।

    दमौलीबाट मुग्लिन तर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस खहरे खोलामा खस्दा बसमा सवार ११ जना यात्रु घाइते भएको आँबुखैरेनी प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि चितवन पठाइएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । समाचार नागरिक सवाल बाट ।।

    Leave a Reply