पर्सामा निजामित कर्मचारीको भवन उदघाटन, पार्टीमा कोही ठुलो कोही सानो हुदैन,नेता:नेपाल

  • ११ मंसिर २०७७, बिहीबार ०२:१४ मा प्रकाशित

  • वीरगञ्ज, १० मंसिर : नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाल निजामति कर्मचारी संगठन पर्साको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । नेता नेपालले वीरगञ्ज वडा नम्बर १२ स्थित जिल्ला समन्वय समितीको दक्षिणपट्टि रहेको दुईतल्ले भवनको उद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा उहाँले कर्मचारीहरुको हितमा आफूले सरकारको नेतृत्व गर्दा काम गरेको धारणा राख्नु हुँदै विधि र पद्दतीलाई समाएर अघि बढेमा जस्तो सुकै अप्ठ्यारो परिस्थितीमा सामना गर्न सकिने धारणा राख्नु भएको थियो ।

    उहाँले कुर्सीमा टासिरह्ने प्रवृतिका कारण समस्या उत्पन्न हुने धारणा राख्नुहुँदै अब विकृति र संविगतीको विरुद्धमा अभियान चलाउने पार्टीलाई सम्मान र अरुलाई बहिष्कार गर्नुपर्ने समेत बताउनुभयो । सिङ्गो इतिहास बोकेका नेताहरु वर्तमान नेकपामा रहेकोले कुनैपनि समस्यालाई विधि सम्मत समाधान गर्दै जाने समेत बताउनुभयो ।

    उहाँले हत्या, हिंसा, बलात्कार गर्नेहरुलाई कुनैपनि अर्थमा नछाडिने दृढता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा आधिकारिक ट्रेड यूनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामित कर्मचारीहरुको अधिकार संकुचित गर्ने कुनैपनि हर्कत आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुहुँदै कर्मचारीहरुको हितको पक्षमा काम गर्ने संगठन निजामित कर्मचारी संगठन नै भएको जिकिर गर्नुभयो । नेपाल निजामित कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन चापागाई, उपाध्यक्षहरुले समेत बोल्नु भएको थियो ।

    सो समारोहमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने भूवनेश्वर दत्त उपाध्याय, रामदेव दास, इश्वरी ढकाललगायतलाई सम्मान समेत गरिएको थियो । उक्त समारोहमा नेता नागेन्द्र चौधरी, सांसदहरु पुष्प कर्ण, शेष चाँद तारा, चिरञ्जिवी आचार्य, बालगोपाल थापा, किशोरी कुशवाहाको विशेष उपस्थिती रहेको थियो ।

    समारोहमा नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्ग, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रममा टे«ड यूनियनका अध्यक्ष सुबेदार यादवले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सन्तोष यादवले गर्नुभएको थियो ।

    Leave a Reply