न्यू डिजर्भ युवा क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • २८ कार्तिक २०७७, शुक्रबार १४:१६ मा प्रकाशित
  • उमेश कुशवाहा,
    बीरगंज

    न्यू डिजर्भ युवा क्लबको आयोजना बीरगंज महानगरपालिका -१९ बर्वागोगा स्वास्थ चौकीको प्राँगनामा खुल्ला रक्तदाना भब्यका साथ सम्पन्न भएको छ।

    त्यस्तै क्लब द्वारा हिन्दूहरुको महान चाडपर्व ,शुभ,दीपावली तथा छठको शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।

    प्रमुख अतिथि नेकपाका युवा नेता रहबर अंसारीले रिबन तथा मैनबती बाली कार्यक्रम उद्घटनाको गर्नु भएको थियो।

    वडा सदस्य लोटन(भक्त)कुशवाहाले यस गाउँमा धार्मिक ,सांस्कृतिक कार्यक्रम भएको छ, तर आज सम्म कहिलेपनि टोलमा रक्तदान कार्यक्रम भएको छैन। आज खुशी लागेयो की यस क्लबले रक्तदान गरायो। म यस क्लबलाई सहयोग गर्न कहिलेपनि पछि हटने भन्दै आफ्नो मनतब्य राख्नु भयो।

    स्वास्थ्य चौकीका प्रमुख राजू साहले रक्तदान जीवन दान भन्दै, अहिले विश्वनै कोरोनाको मारमा परेको छ, सरसफाईमा ध्यान पुर्याउन आग्रह गर्नु भएको थियो।

    नेकपा युवा नेता रहबर अंसारी हिन्दूहरुको महान चार्डपर्ब दीपावली तथा छठको शुभकना दिदै,अहिले गाउघरमा रक्दान कार्यक्रमको जनचेतना धेरै कम छ। गाउघरमा जनचेतन जगाउनु पर्यो। कड़ा प्रहारमा बोल्दै धेरैले भन्छ मलाइ प्रमुख अतिथि बनाएर बोलाउनुस यो प्रबिदिलाई तपाईहरु हटाउनुस। रक्तदान कार्यक्रममा प्रमुख अतिथि कोही हुदैन,जे जतिले रक्तदान गर्छन उहा सबैनै प्रमुख अतीथी हुनछ। ३-३ महीनामा रक्तदान गर्न आग्रह समेत गर्नु भयो।

    रक्तदान कार्यक्रममा १ महिला सहित २७ जनाले रक्तदान गरेका थिए ।

    रक्तदान गर्नु हुनेमा ज्योति चौरसिया,रहबर अंसारी,अमित चौरसिया,लालन यादव, मुना ठाकुर,राजू यादव, चन्दन चौरसिया,राजेश ठाकुर लगायतले रक्तदान गरेका थिए ।

    न्यू डिजर्भ युवा क्लबको अध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षतामा भएको रक्तदानमा रहबर अंसारीले रक्तदान गरी शुभ आरम्भ गर्नु भएको थियो।

    प्रमुख अतिथि नेकपा युवानेता रहबर अंसारी तथा बरिष्ठ अतिथि बिन्देश्वर चौरसिया रहनु भएको थियो ।

    अतिथि वडा सदस्य लोटन कुशवाहा,मुकेश चौरसिया,पुरषोत्तम चौरसिया,जियालाल चौरसिया,बर्वागोगाका स्वास्थ्य चौकी प्रमुख राजू साह,मुना यादव बिन्दवासनी चौकीका प्र.स.नी. रामदेव चौधरी,प्र.ह.राकेश यादवको उपस्थिति थियो।

    न्यू डिजर्भ युवा क्लबका धर्मेन्द्र यादव, बिबेक,राजेश ठाकुर,दिनेश चौरसिया,मुना ठाकुर,राजू यादव,शनी साह, निरजन साह, चन्दन चौरसिया
    हिमालयन दृस्टिका पत्रकार उमेश कुशवाहा,रेडियो तराईका मुना ठाकुर, आवाज एफमका रामजी लगायतको सहभागिता रहेको थियो।

    Leave a Reply