अजय यादव, बारा
बाराको सिम्रौनगढ नगरपालिकामा रहेको उधोग वाणिज्य संघको सभाकक्षमा तराई मधेश राष्ट्रिय परिषद्को अायोजना गरिएको मधेश संवाद यात्रा कार्यक्रम सम्पन्न भएको छ ।तराई मधेश राष्ट्रिय परिषद्का केन्द्रीय संयोजक विकास ठाकुरको संयोजकत्वमा भएको कार्यक्रममम काशिन्द्र शर्मा ,शुशिल चन्द्र ,डा.अजय चन्द्र ,सिद्धार्थ गिरी,रामनारायण कुशवाहा , बाराका सामाजिक अभियन्यता रंजीत कुशवाहा लगायत ५० जनाको सहभागिता रहेको अायोजक संस्थाले जानकारी दिएका छन् ।
तराई मधेश राष्ट्रिय परिषद्ले विभिन्न सामाजिक काम गर्न थालेको वक्ताहरुको भनाई रहेको थियो । मधेश संवाद यात्रामा सहभागीहरुको मनोभावना र उद्देश्य बुझेर अगाडि बढनको लागि कार्यक्रम सुरु गरिएको अायोजक संस्थाका गौतम उत्कर्ष ले बताउनुभयो ।हामीले एेतिहासिक नगरी सिम्रौनगढमा कार्यक्रम गरेर व्यापक बनाउन खोजेको तराई मधेश राष्ट्रिय परिषद्का सिद्धार्थ गिरीले बताउनुभयो ।
मधेश संवाद यात्रा मधेसको समस्याको बारेमा काम गर्न अायोजक कमिटीले जानकारी थालेको जानकारी दिएका छन् ।कार्यक्रममा सञ्चालन प्रमोद कुशवाहाले गरेका थिए ।मधेसको मुक्ति लागि काम भईरहेको यूवाहरुले बताएका छन्। बाराको सिम्रौनगढ नगरपालिकामा भएको कार्यक्रममा वक्ताहरुले सकारात्मक सोच बनाई अगाडि बढन सल्लाह दिएका छन् ।कार्यक्रमको सञ्चालन प्रमोद कुशवाहाले गरेका थिए ।


