घोराही सिमेन्ट उद्योग र टिप्पर यातायात प्रालि विच सहमति, चुनढुंगा ढुवानीमा नयाँ भाडादर कायम

  • १७ कार्तिक २०७७, सोमबार १०:५८ मा प्रकाशित
  • फाइल तस्बिर

    दाङ, १६ कार्तिक
    दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा रहेको घोराही सिमेन्ट उद्योग र स्वर्गद्वारी टिप्पर यातायात प्राली विच चुनढुंगा ढुवानी सम्बन्धमा सहमति भएको छ । नयाँ सहमति अनुसार बंगलाचुलीको तापाबाट उद्योगसम्म चुनढुंगा ढुवानी गर्न नयाँ भाडादर प्रती टन ५ सय १५ रुपैयाँ कायम भएको छ । सिमेन्ट उद्योग र स्वर्गद्धारी टिप्पर यातायात प्राली विच भएको छलफलबाट उक्त सहमति भएको हो ।

    टिप्परले यस अघि ५ सय २५ रुपैयाँ प्रति टनमा चुनढुंगा बोक्दै आएका थिए । तर घोराही सिमेन्ट उद्योगले ढुवानी भाडा घटाउने निर्णय गरेपछि त्यसको विरोधमा टिप्पर ब्यवसायी गत असोज १६ गतेदेखि टिप्पर रोकेर आन्दोलनरत थिए । प्रालिमा आवद्ध करिब २०० टिप्परले चुनढुंगा ढुवानी गर्दै आएका छन ।

    घोराही सिमेन्ट उद्योगका बरिष्ठ जनसम्पर्क अधिकृत अमर सुबेदीले नयाँ समायोजित भाडादरको पत्र स्वर्गद्धारी टिप्पर यातायात प्रालीका अध्यक्ष भरतनाथ योगीलाई हस्तान्तरण गरेका थिए ।

    यद्यपि बंगलाचुली गाउँपालिकाले घोराही तापा सडकखण्डमा कालोपत्रे गर्ने काम छिटो र सहज होस भनी तीन महिना टिप्पर सञ्चालनमा रोक लगाएको छ । स्वर्गद्धारी टिप्पर यातायात प्रालीका अध्यक्ष भरतनाथ योगीले कालोपत्रे गर्ने काममा कुनै अवरोध नहुने गरि टिप्पर सन्चालनका लागि गाउँपालिकासँग छलफल गर्ने र सन्चालनको वातावरण वनाउने जानकारी दिए ।

    Leave a Reply