ओलीले नेपाललाई धम्की दिँदै भने-दाहाल सँग-सँगै हिड्ने वातावरण बनेन

  • १ मंसिर २०७७, सोमबार ००:२९ मा प्रकाशित
  • काठमाडौँ- नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको जबाफ नदिने अडान लिएका छन्।

    यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने धम्कीसमेत दिएका छन्।

    ओलीको कार्यशैली सच्याउन भन्दै दाहालको पक्षमा उभिएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आइतबार बालुवाटार बोलाएर ओलीले पुनः धम्की दिएका हुन्।

    पार्टीको समस्या समाधानमा सुझाव दिन आउनुहोस् भन्दै ओलीले नेपाललाई एक्लै बालुवटार बोलाएका थिए।

    तर नेपालसँग भेटेपछि ओलीले आफ्नो दाहालले आफूमाथि अनाहकमा बेइज्जत हुने गरी आरोप लगाएको, उनीसँग सँगै अघि बढ्ने वातावरण नभएकोसमेत गुनासो गरेका थिए।

    ‘मैले सहने पनि सीमा हुन्छ। नचाइने आरोप लगाएर मलाई हटाउन खोज्नु दुसप्रयास हो। जनताको मतको अपमान मबाट हुन्न। बरु दाहालसँग यस्तै हो भने सँगसँगै हिड्न सकिन्न,’ओलीको भनाई उद्धृत गर्दै पार्टी स्रोतले बतायो।

    ओली र दाहालको विवादले पार्टी दुई चिरामा विभक्त भएको छ। कसलाई कसरी हराउने भन्ने ओली र दाहालको लडाईँले पार्टी एकतासमेत संकटमा परेको छ।

    ओलीले आफ्नो सुरक्षाका लागि राष्ट्रपतिसँगसमेत परामर्श गरिसकेका छन्। दाहालले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता नगर्ने आगामी मंसिर तीन गते निर्धारित केन्द्रीय सचिवालय बैठक नै स्थगित गर्ने निर्णयमा ओली पक्ष पुगेको छ।

    दाहालले नेपाल समूहसँग मिलेर ओलीलाई कम्तीमा एक पदबाट हटाउनका लागि कसरत तिब्र पारेका छन्। गत भदौ २५ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनबाट ओली पछि हटेको दाहाल-नेपाल पक्षको बुझाई छ। देश संचार बाट ।

    Leave a Reply