
दाङ, ११ मंसिर
कर्तव्य ज्यान सम्बन्धि मुद्दाका कारण थुनामा रहेकी एक कैदी महिलाले कारागारमै बच्चालाई जन्म दिएकी छिन ।
दाङ जिल्लाको बंगलाचुली गाउँपालिका घर भएकी निशाना घर्तीले बुधबार अपरान्ह पौने पाँच बजेतिर तुलसीपुर कारागारमा छोरीलाई जन्म दिएकी थिइन् । पहिल्यै २ सन्तानकि आमा भएकी घर्तीको यो तेश्रो सन्तान हो ।
तुलसीपुर कारागारका ना.सु. जोखिम वलीका अनुसार उनको प्रसुती स्वास्थ्यकर्मीको निगरानीमा भएको थियो । साथै वलीले अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताए ।

