सिन्धुपाल्चोकमा चार वटा स्थानीय तहमा अस्पतालको शिलान्यास

  • १५ मंसिर २०७७, सोमबार १६:२१ मा प्रकाशित
  • सरकारले सातै प्रदेशमा आज एकै साथ ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्ने योजना अनुसार सिन्धुपाल्चोकमा पाँचवटा मध्ये चार वटामा आधारभूत अस्पताल सिलान्यास गरिएको हो ।
    दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना छ ।मेलम्ची नगरपालिकाको मेलम्चीमा, लिंसखुपाखर गाउँपालिकाको डाँडापाखरमा जुगल गाउँपालिकाको बराम्चीमा बलेफी गाउँपालिकाको जलवीरमा, अस्पताल शिलान्यास गरिएको हो । मेलम्ची नगर पालिका मा नगर प्रमुख डम्बर अर्याल र लिसंखुपाखरमा राष्टिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले र अन्य स्थानीय तहमा भने सम्बन्धित मेयर तथा अध्यक्षले अस्पतालको शिलान्यास गरेका थिए । हेलम्बु गाउँ पालिका मा भने शिलान्यास गरिने स्थानको माटो परीक्षणसहित प्राविधिक जाँचको काम बाँकी रहेकाले पछि मात्रै शिलान्यास गरिने हेलम्बु गाउँ पालिका का अध्यक्ष निमा ग्याल्चेन शेर्पा ले जान कारी दिनु भयो ।
    त्यस्तै जिल्लाका तीन वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भई सञ्चालनमा आइ रहेकाछन् ।

    जिल्लामा रहेका बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र, नवरलपुर अस्पताल, चौतारा अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको छ । त्यस्तै पाँचपोखरीमा भने अस्पताल निर्माणधिन छन् । पाँचपोखरीमा अस्पताल भवन नै बन्दै गरेको र , त्यहाँ डाक्टर बाहेक अन्य जनशक्तिको समेत व्यवस्थापन भैसकेको वरिष्ठ जन स्वास्थ अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिनुभयो ।
    इन्द्रावतीमा नवलपुर अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गरिने भएको छ । इन्द्रावतीमा नयाँ भवन निर्माणको काम समेत धमाधम भैरहेको छ । जिल्लाका तीन स्थानीय तहमा भने कुनै अस्पतालको शिलान्यासको काम भएको छैनन् ती स्थानीय तहमा यस्ता कार्यक्रम आएको जानकारीमा न आएको वरिष्ठ जन स्वास्थ अधिकृत चापागाईले जानकारी दिनु भयो ।
    जिल्लाका सुनकोसी, भोटेकासी र त्रिपुरा सुन्दरी गाउँपालिकामा कुनै अस्पताल शिलान्यासको कार्यक्रम छैन् । त्यहाँ अस्पतालहरु पनि नभएको र कार्यक्रम पनि नभएको पनि चापागाईंले जान कारी दिनु भयो ।

    Leave a Reply