बुटवल -धानखोला एक्सप्रेस हाईवेको बजेट सुनिश्चित: अर्थमन्त्री पौडेल

  • १४ मंसिर २०७७, आईतवार ०७:०८ मा प्रकाशित
  • सैनामैना ११ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल देखि धानखोला सम्म एक्सप्रेस हाइवे निर्माणका लागि अर्थमन्त्रालयले बजेट प्रबनध गरेको वताउनु भएको छ । उहाले सैनामैनाका ३ नवनिर्मित विद्यालय भवनको समुद्घाटन गर्दै यस्तो वताउनु भएको हो । उहाले एक्सप्रेस हाइवे बनाउने वजेटको प्रबन्ध भएको वताएसंगै एक्सप्रेस हाइवे कति फराकिलो हुन्छ भन्ने चर्चा चलेको छ । श्रोतका अनुसार पूर्व पश्चिम राजमार्ग ४ लेनको बनाउने पूर्व निणर््ाय भईसकेको अवस्थामा  एक्सप्रेस हाईवे आठलेनको हुन सक्ने छ ।
        अर्थमन्त्री पौडेलले   रुपन्देहीको सैनामैना नगरपालिकालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनु भएको छ । शहरीकरणको महत्वलाई ठिक ढंगले बुझ्न सकेनौँ ,भने  हामी वास्तवमा कंक्रिटको जंगलमा बदलिन सक्ने खतरा जहिले पनि रहन्छ’ उहाले भन्नु भयो  ‘त्यसैले सैनामैनालाई कंक्रिटको जंगल हैन, आधुनिक र व्यवस्थित शहरका रुपमा बदल्न चाहन्छौँ । ’सैनामैना वडा नं ३ मा रहेको लामिरह उच्च बाँध निर्माण आयोजना सैनामैनाको मात्र नभएर राष्ट्रिय गौरवको आयोजना भएको पौडेलको भनाइ छ ।
        मेचीदेखि महाकाली सम्म चुरे पर्वत शृङ्खलाको सदुपयोगका सन्दर्भमा लामिरह बाँध निर्माण गर्ने, पानी संकलन गर्ने र  संचित पानीलाई सिँचाई र पर्यटनका निम्ति यसले महत्वपुर्ण भुमिका खेल्ने पौडेलको भनाइ छ । ‘पुर्वदेखि पश्चिम सम्म यस प्रकारको आयोजनाको परिकल्पना गरेर निर्माणका निम्ति गरिएका पुर्वअभ्यासहरु अन्यत्र छैनन् । त्यस दृष्टिकोणले पनि यो लामिरह आयोजना पहिलो हो, डिपिआर निर्माण प्रक्रिया अगाडि बढेको छ उहाले भन्नु भयो । 
        सैनामैना १ मा रहेको ऐतिहासिक स्थल रानिकुवाको नजिकै गौतम बुद्ध सँग सम्बन्धित पुरातात्विक वस्तुहरुको संग्रह गरि आधुनिक व्यवस्थित संग्रहालयको निर्माण प्रक्रिया समेत अगाडि बढेको उहाले जानकारी दिनु भयो  । सैनामैना चक्रपथले नगरलाई नयाँ उचाईमा उठाउन सहयोग गर्ने तथा बुटवल र सैनामैनामाको सिमा कर्शाघाटमा बन्न लागेको कृषि उपज केन्द्र कृषि उत्पादनलाई प्रोत्साहित गर्ने महत्वपूर्ण आयोजना भएको उहाको भनाइ छ । 
           सैनामैनामा रहेका महत्वपुर्ण आयोजनाहरु ल्याण्ड फिल्ड साइड, सालझण्डी ढोरपाटन सडक, जेष्ठ नागरिक ग्राम, सडक तथा भौतिक पुर्वाधार, खेलकुद , विद्यालय लगायत विकास निर्माणका अन्य कामहरुमा समेत आवश्यक बजेटको अभाव हुन नदिने पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो। 
    साभार :- प्रेस पाटी

    Leave a Reply