
कमिरेचौर
बंगलाचुली गाउँपालिकाले मदन भण्डारी सहायक मार्गको घाेराही – मुर्कुटी – प्युठान सडक खण्डमा पर्ने तापा चाेकमा धर्मकाँटा राख्ने भएको छ । जसका लागि बंगलाचुली गाउँपालिकाबाट खटी आएको टोलीले हिजो उक्त स्थानको स्थलगत अवलोकन गरेको हो ।
उक्त सडकखण्डमा दैनिक घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगका ओभरलोड बोकेका सयौँ टिप्परहरु चल्ने गर्दछन । यसरी ओभरलोड बोकेका टिप्परहरुले कालो पत्रे हुँदै गरेको बाटो विग्रने भन्दै लोड कन्ट्रोलिङ गरि बाटो बचाउनका लागि गाउँपालिकाले धर्मकाँटा राख्न लागेको टोलिले जनाएको छ ।
टोलिमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, आर्थिक प्रशासन प्रमुख नारायण आचार्य, वडा मं. ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं. ४ का अध्यक्ष नारायण डाँगी, स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जी.सी., नेरेसो कमिरेचौर उपशाखा सभापति चुरामणी नेपाली, नेरेसो दाङ जिल्ला कार्यक्रम अधिकृत टेकम वली लगाएतको सहभागीता रहेकाे थियो ।

