पौडेल गोलीकाण्डका आरोपीमध्येका ३ ब्यक्ती प्रहरीद्वारा पक्राउ

  • १२ मंसिर २०७७, शुक्रबार १७:३२ मा प्रकाशित
  • तुलसीपुर, १२ मंसीर
    दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बाख्रेबाट गोली चलाएको अभियोगमा ३ जना ब्यक्ति लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ निवासी बर्ष २४ का कमल पुन, बर्ष ३८ का राजु घर्ती र बर्ष ४० का इन्द्र केसी रहेका छन ।

    उनिहरुलाई वडा नं. १३ बराहखुटी निवासी ४५ वर्षीय खुशलराम पौडेलमाथी गोली हानी घाइते बनाएको आरोपमा गएराती निजहरूको घरबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । साथै पक्राउ परेका तिनैजना अभियुक्तलाई वडा प्रहरी कार्यालय लमहीमा बुझाएको तुलसीपुर प्रहरीले जनाएको छ ।

    लमही नगरपालिका वडा नं. ९ च्याउखोला भन्ने ठाउँमा बुधबार राती शिकार खेल्न गएका आफनै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको थियो । सिकार खेल्न भनी साथै गएका १४ जना मध्ये ३ जना पक्राउ परेपनी बाँकी सबै जना फरार रहेका छन ।

    Leave a Reply