तुलसीपुर कात्तिक २३
तुलसपुर नगरप्रमुख घनश्याम पाण्डेले साईकल लेन अहिलेको आवश्यकता भएको वताएका छन् । पछिल्लो समय साईक्लिङ्ग प्रवृत्ति वढेको भन्दै नगरप्रमुख पाण्डेले नयाँ सडकहरुमा साईकल लेन वनाउने वताएका छन् । साथै वातावरणीय दृष्टिले पनि साइकल चलाउनु आवश्यक भएको नगरप्रमुख पाण्डेको भनाई थियो ।
पर्यटन प्रवद्धन लागि तुलसीपुर रारा साइकल यात्रा गर्न समेत उनले अनुरोध गरे । ‘हामी सबैले पहल गरेमा साईकल सिटी वनाउन सकिन्छ’ । साइक्लिङ्गको प्रचार गर्दै तुलसीपुर आइपुगेको साइकल यात्रीहरुलाई राप्ती शान्ती उद्यानमा स्वागत गर्दै नगरप्रमुख पाण्डेले यस्तो वताएका हुन् । उनले सापछिईकल प्रयोग गर्ने प्रचलन वढाउनका लागि पनि आग्रह गरे ।कार्यक्रममा साईकलबाट विश्व यात्रा गरेका साईकल यात्री पुस्कर शाहले स्वास्थ्य र वातावरणका लागि साईक्लिङ्ग भन्ने नाराका साथमा मेची महाकाली साईकल यात्रा गरेको वताए । उनले पछिल्लो समय अभियानका कारण साईकल चलाउनेहरुको संख्या उल्लेख्य वढेर गएको वताए । तुलसीपुर आइपुगेका साईकल यात्रीहरुलाई खुमप्रसाद न्यौपानले स्वागत गरेका थिए ।


