निसान म्याग्नाइटको मूल्य लिक, भारतमा प्रतिस्पर्धी निकै सस्तो, कति पर्ला नेपालमा

  • २४ कार्तिक २०७७, सोमबार २३:०९ मा प्रकाशित
  • काठमाडौं । जापनीज अटोमोवाइल कम्पनीको पहिलो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटको मूल्य लिक भएको छ । कम्पनीको एक डिलर मार्फत आधिकारीक लञ्च हुनु अघि नै यस्को मूल्य बाहिर आएको हो ।
    अन्य प्रतिस्पर्धीको तुलनामा आक्रमक मूल्य सहित निसान म्याग्नाइट बजारमा आउने भएको हो । यदि यो मूल्य सहि हो भने यसको मूल्य अन्य कम्पनीका एसयूभीको तुलनामा कम हुने छ । भारतीय मिडिया गाडीवाडीका अनुसार यसको सुरुवाती मूल्य ५ लाख ५० हजारबाट ८ लाख १५ हजारसम्म रहने जनाएको छ ।
    निसान म्याग्नाइटलाई दुई इन्जिन अप्सनको चार/चार भेरियन्ट बजारमा आउने जनाइएको छ । म्याग्नाइटको सबैभन्दा सस्तो एक्सई भेरियन्टको मूल्य ५ लाख ५० हजार रहने छ भने एक्सएलको ६ लाख २५ हजार, एक्सभीको ६ लाख ७५ हजार तथा एक्सभी प्रिमियमको मूल्य ७ लाख ६५ हजार भारु हुने जनाइएको छ । यद्यपी यी मूल्य कम्पनीले आधिकारीक रुपमा घोषणा भने गरेको छैन ।

    त्यस्तै टर्बो चार्ज्डयुक्त मोडलहरु एक्सएलको ७ लाख २५ हजार, एक्सभीको ७ लाख ७५ हजार, एक्सभी प्रिमियमको ८ लाख ६५ हजार तथा एक्सएल सिभीटीको मूल्य ८ लाख ५० हजार भारु रहने छ ।
    भारतको मूल्यलाई हेर्दा नेपालमा यसको मूल्य ३० लाखभन्दा कम कायम हुने अनुमान गरिएको छ । जनवरी २०२१ बाट यसलाई नेपालमा बिक्री सुरु गर्ने आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले जनाएको छ ।
    निसानको पहिलो सब फोर मिटरको कम्प्याक्ट एसयुभी म्याग्नाइटले बजारमा कम्प्याक्ट एसयुभीहरु टाटाको नेक्सन, हुन्डाईको भेन्यू, सुजुकी भीटारा ब्रेजा, फोर्डको इकोस्पोर्टका साथै छिटै लन्चहुदै गरेको कियाको सोनेटसँग प्रतिस्पर्था गर्नेछ ।
    निसानलाई ठूलो बजार लिएर बसेका कम्प्याक्ट एसयुभीहरुसँग प्रतिस्पर्धा गर्नका लागि एसको सबैभन्दा दमदार पक्ष मूल्य हुने अनुमान गरिएको छ । यसमा अन्य कारहरुमा भन्दा सानो इन्जिन रहेकोले यस्तो अनुुमान गरिएको हो ।
    म्याग्नाइटमा १.० लिटरको नेचुरल्ली यस्पायर्ड तथा १.० लिटरको टर्बो चाज्र्ड इन्जिन रहेको छ । जसले क्रमश ७१ बीएच पावर तथा ९८ एनएम टर्क तथा ९९ बीएच पावर तथा १६० एनएम टर्क उत्पादज गर्नेछ । निसानले कम सीसी इन्जिन भएपनि पावरमा भने सम्झौँता गरेको छैन ।

    Leave a Reply