दाङ र बाँके जिल्लाकाे सिमानामा लागु औषध सहित वलि पक्राउ

  • १६ कार्तिक २०७७, आईतवार १९:०६ मा प्रकाशित
  • दाङ र बाँकेको सिमानामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम सानिभेरी गाउँपालिका ८ बस्ने २७ बर्षका चन्द्र प्रकाश वली रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सादा पोषाकमा खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण व्युरो नेपालगन्जबाट खटिएको सयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्ति सोनारी गाउँपालिका १ शिवखोला स्थित संकास्पद रुपमा बसीरहेका अवस्थामा फेला पारी उनको झोलामा चेकजाँच गर्दा तिन केजी लागु औषध (अफिम) बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेका वली माथी आवश्यक अनुसन्धान भईरहेको प्रदेश प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

    Leave a Reply