कतार पुलिसको अन्तरबार्ता लिने कम्पनीलाई स्पष्टिकरण सोध्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माग

  • १० मंसिर २०७७, बुधबार १७:३६ मा प्रकाशित
  • १० मंसिर २०७७ ! केहिदिन देखि बिना स्वीकृति कतार पुलिसको अन्तरबार्ता लिदै गरेका ३ कम्पनीहरुलाई स्पष्टिकरण सोध्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले माग गरेको छ ।

    कतार पुलिसको लागी गत सोमबार र मंगलबार बिना स्वीकृति गोप्य रुपमा अन्तरबार्ता लिदै गरेको अवस्थामा एसओएस मेनपावर, डिडि ह्युमन रिसोर्स र होप ईन्टरनेसनलमा वैदेशिक रोजगार विभागले छापा मारि विभिन्न मिडियामा आएपछि आज बुधबार दिउँसो बसेको संघ कार्यसमिति तथा संघसंग आबद्ध विभिन्न संघ–संस्थाहरुसँग छलफल बैठक गरेको छ ।

    उक्त आकस्मिक बैठक छलफलमा निम्न दुई निर्णय भएको संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिएका छन ।


    “१. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभागलाई कतारको सिन्डिकेटको बारेमा छानबिन गर्न र गैरकानुनी ढंगले गोप्य रुपले अन्तरबार्ता गर्ने कम्पनीहरु उपर कडा कारबाही गर्न माग गर्ने।
    २. वैदेशिक रोजगार बिभागले छापामार्ने क्रममा कतार दूतावासको सबारी साधन प्रयोग गरिएको पाइएको हुँदा सो सम्बन्धमा परराष्ट मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग मार्फत कतारी मानवअधिकार आयोगमा पत्राचार गरि बुझिपाउन माग गर्ने।”

    Leave a Reply