२०१३ देखि उपचाररत रहेका प्रकाश गुरुङलाई नेपाली दूतावासको पहलमा एनआरएनए साउदीले प्रदान गर्यो हवाइ टिकट

  • १० कार्तिक २०७७, सोमबार १३:५९ मा प्रकाशित
  • समर्पण रम्जान, २६ अक्टोबर २०२०
    साउदी अरब । सन् २०१३ देखी अचेत अवस्थामा रही साउदी अरबको रियाद स्थित थडिक जेनेरल अस्पातलमा निरन्तर उपचारको क्रममा रहेका प्रकाश गुरुङलाई नेपाली दूतावासको पहल र समन्वयमा एनआरएनए साउदी अरबले हवाइ टिकटको ब्यबस्था गरि नेपाल फर्काएको छ ।
    बैदेशिक रोजगारिको शिलशिलामा सन् २०११ मा साउदी अरब आएका ३८ बर्षिय प्रकाश गुरुङको स्वास्थ्यमा केही सुधार आए पश्चात निजलाई स्वदेश फिर्तिको निम्ती नेपाली राजादुताबास रियाद द्वारा हावाइ टिकट उपलब्द गराउन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबलाई अनुरोध गरिएको कुरा संघका प्रबक्ता बिष्णु न्यौपानेले हिमालयन दृष्टिलाइ जानकारी दिनुभयो ।
    नेपाली दूतावास रियादको अनुरोध अनुसार एनआरएनए साउदीले पीडित प्रकाश गुरुङलाई हवाइ टिकट उपलब्ध गराएपछि गुरुङ गत २५-अक्टोबर-२०२० का दिन साउदी अरबको दमाम देखी हिमालयन एयरलाइन्स मार्फत नेपाली दूतावासको अहम् सहयोगमा नेपाल पुगेका छन्।

    रियाद दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी गराउँदै लामो समय देखि रियादस्थित अस्पतालमा उपचाररत रहेका गुरुङलाई स्वदेश पठाउनका लागि सहयोग गर्ने, परिवारसँग सम्पर्क गराउन मद्दत पुर्याउने सम्पूर्ण संस्था,व्यक्तिहरू तथा टिकट लगायत अन्य कुराहरुमा व्यवस्थापन गर्न तदारुकताका साथ सहयोग गर्ने एनआरएनए साउदी अरबल गायत सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
    यसै गरि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले कोरोना माहामारी जस्तो भयानक रोगले गर्दा साउदी अरबमा अफ्टेरोमा परेका नेपालीहरुलाई राहत खाद्यान्न सहयोग गर्नुको साथै स्वदेशमा समेत आइपर्ने दैवी प्रकोप पीडितहरुलाई पनि सहयोग गर्दै आइरहेको कुरा प्रबक्ता न्यौपानेले बताउनु भयो ।
    गत केही महिना देखी कोरोनाकै कारण साउदी अरबमा बिचल्लिमा परेर स्वदेश फिर्तिको पर्खाइमा रहेका, कम्पनी तथा स्वयंले टिकट लिन नसक्ने अवस्थामा रहेका ५ महिला सहित १२ जना नेपाली पीडितहरुलाई संघको आपतकालिन कोष मार्फत टिकट उपलब्ध गराएको थियो ।

    Leave a Reply