बीरगंजका कक्षा ८ देखी १० सम्मका बिद्यालयहरु संचालन

  • १३ कार्तिक २०७७, बिहीबार १२:०० मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज,१३ कार्तिक कोरोना महामारीको कारण विश्वनै प्रभावित भएको कारण बिरगंजका बिद्यालय चैत महीनादेखी सबै बिद्यालयहरु बन्द रहेको थियो।

    तर चैत्रदेखि बन्द रहेका बिरगंजका विद्यालयहरू आजबाट संचालनमा आएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठन पाठन सञ्चालन गर्न स्थानिय प्रशासन र महानगरपालिकाले निर्देशन दिएपछि विद्यालयहरू खुलेका हुन् ।

    अहिले प्रथम चरणमा कक्षा ८,९ र १० का कक्षाहरू मात्र सञ्चालनमा आएपनि क्रमश अन्य कक्षाहरू समेत खुल्दै जाने छन् ।

    विद्यालय सञ्चालन गर्दा विद्यालयहरुले अनिवार्य रूपमा मास्क, पञ्जा, सेनिटाइजर र साबुनपानीले हाथ धुने व्यवस्थापन गर्नुपर्ने छ ।

    Leave a Reply