तुलसिपुर २० असाेज
प्रदेश नं. ५ काे राजधानी दाङकाे देउखुरि भालुबाङ, प्रदेश काे नाम लुम्बिनि भएसँगै दाङका मुख्य बजार भालुबाङ, लमहि, घाेराहि, तुलसिपुर तथा अन्य बजार सँगै उरहरि बजारमा पनि खुसियालिका साथ मंगलबार साझ दिप प्रज्वलन गरिएकाे छ ।
मंगलबार प्रदेश सभामा भएकाे मत विभाजन भए लगतै ६९ मत सहित दाङकाे पक्षमा र विपक्षमा १३ मत परेपछि दुइ तिहाइ बहुमतका अाधारमा दाङकाे देउखरि क्षेत्र भालुबाङलाइ ५ नं. प्रदेशकाे स्थायि राजधानि घाेषणा गिएकाे िथयाे ।
दिप प्रज्वलनमा युवा, व्यसायि, राजनितिक दल, बुद्धिजिवि लगायत सबैकाे उपिस्थति का साथ काेण सभा समेत गरिएकाे थियाे । काेण सभामा तुलसिपुर १२ का वडा अध्यक्ष सुर्य बहादुर डाँगि, बुद्धिजिवि बलदेव अाचार्य लगायतले अाफ्नाे मन्तव्य व्यत्त गरेका थिए भने काेण सभाकाे सञ्चालन उरहरि बजारका सचिव डेग बहादुर डि.सिले गरेका थिए |


