मिलन लामाको संयोजकत्वमा टुङगियो अनेरास्ववियूको जिल्ला कमिटी गठन

  • २० आश्विन २०७७, मंगलवार २१:५७ मा प्रकाशित
  • २० असोज २०७७, सिन्धुपाल्चोक ! नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुपाल्चोकको जिल्ला कमिटि टुङगिएको छ ।अनेरास्ववियूको जिल्ला समिटीमा संयोजकमा मिलन लामा र सहसंयोजकमा हिरा चौलागाई तोकिएको छ ।

    लामो समयको गृहकार्यपछि मंगलबार अनेरास्ववियूले आफ्ना ६१ जिल्ला सदस्यको नाम सहित जिल्ला समिति टुंगो लगाएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन लामाले जानकारी दिनुभएको छ ।अनेरास्ववियूले ७ जनाको कार्यालय सदस्य, २१ जनाको सचिवालय सदस्य सहित ६१ जनाको जिल्ला कमिटि टुङगाएको हो । अनेरास्ववियूले जिल्ला कमिटि सँगै प्रतिनिधि सभा र प्रदेश सभाका इन्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक समेत टुङगाइसकेको छ ।
    पालिका र क्याम्पसहरु भने एक सातामा टुङगाउने तयारी रहेको अनेरास्ववियूका जिल्ला सह–संयोजक हिरा चौलागाइले बताउनुभएको छ ।

    Leave a Reply