पुर्व मन्त्रीसाह द्वारा कमरेड मुकेश प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त

  • ७ कार्तिक २०७७, शुक्रबार १८:१७ मा प्रकाशित
  • रामसरन यादव
    रौतहट, कार्तिक ७ गते
    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु साह समाजिक सन्जाल फेसबूक मार्फत आज मिती २०७७ कार्तिक ७ गते मृतक कम्रेड मुकेश प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छ्न ।

    जिल्लाको पर्सा, विन्दवासनी गाउँपालिकामा आयोजित पार्टीको शपथ ग्रहण कार्यक्रममा झड़प भई घाइते भएका गाउँ कमिटी सचिव क । मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको खबरले दुखी बनाएको छ ।

    एकतावद्ध भएर पार्टी अगाडि बढाउनुको सट्टा नेतामाथि आक्रमण हुनु र सामान्य विषयमा नेताले ज्यान गुमाउनु दुर्भाग्यपूर्ण हो । कुनै पनि विवाद विधि विधान मार्फत समाधान गर्न नचाहने र आपराधिक रुपमा प्रस्तुत हुने प्रवृत्ति आपत्तिजनक छ ।

    क.मुकेशप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दछु । साथै, घाइते हुनुभएका कमरेडहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु साह गरे ।

    Leave a Reply