घोराही, ७ कात्तिक
दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै दाङमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

आज मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी ५३ वर्षिय हिराबहादुर डाँगी रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जनाएका छन ।
मृतक डाँगी भुमिसुधार तथा मालपोत कार्यालय, घोराही,दाङमा नायब सुव्वा पदमा कार्यरत थिए । निज ब्यक्ति कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएपश्चात होम आइसोलेसनमा बस्दै आएका थिए ।
विहिबार श्वासप्रश्वासमा समस्या देखिएपछि निजलाई कोरोना बिशेष अस्पताल, बेलझुण्डीमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा शुक्रबार विहान ३ बजेतिर मृत्यु भएको बुझिएको छ ।

निजको शव व्यवस्थापन नेपाल आर्मी, प्रहरी र तुलसीपुर उपमहानगरपालिकाको टिमले आजै गरिसकेको तुलसीपुर उपमहानगरपालिकाका फोकल पर्सन विमल केसीले जनाएका छन ।

