हेलम्बु गाँउपालिकाद्वारा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

  • २३ आश्विन २०७७, शुक्रबार १३:४९ मा प्रकाशित
  • २३ असोज २०७७, सिन्धुपाल्चोक ! हेलिकप्टर मार्फत आज सिन्धुपाल्चोकमा शिशु सहित सुत्केरी महिलाको उद्दार गरिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर २ किउलकी सोनिया जोगिको उद्दार गरिएको हो । सुत्केरी ब्यथा लागेपछी एम्बुलेन्स मार्फत बिष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अबस्था जटिल भएपछी ९ एन,ए,के,पि हेलिकप्टर मार्फत आज बिहान १० बजे काठमाडौको थापाथली प्रसुती गृहमा पठाइएको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिनुभयो । मेलम्चीमै सुत्केरी भएपनी आमा र शिशु दुबैजनाको स्वास्थ ठिक नभएपछि काठमाडौ पठाइएको शेर्पाले बताउनुभयो । यश अघि पनि गाँउपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्दार गर्दै आएको छ ।

    Leave a Reply