सर्पको टोकाईका कारण प्युठानमा एक व्यक्तिको मृत्यु

  • ९ कार्तिक २०७७, आईतवार १९:२३ मा प्रकाशित
  • फाइल तस्बिर

    दाङ, ९ कार्तिक
    सर्पको टोकाईबाट प्युठानमा एक ब्यक्तिको मृत्यु हुन पुगेको छ । मृत्यु हुनेमा प्युठान न.पा. वडा नं ८ मानागाउँका १८ वर्षिय किशोर बलबहादुर केसी रहेका छन ।

    सल्लेरी सामुदायिक वनमा पानीको धारा बनाउने क्रममा निज केसीलाई गत विहिवार दिउसो सर्पले टोकेको थियो । सर्पको डसाईबाट घाईते भएका केसीको उपचार क्रममा साझ ६ बजे प्युठान अस्पताल, विजुवारमा निधन भएको प्युठान प्रहरीले जनाएको छ ।

    Leave a Reply