वीरगञ्ज , असोज २१
वीरगञ्ज बसपार्कको व्यवस्थापन र लामो तथा सानो दुरी चल्ने बसमा यात्रुहरुलाई लुटने ठगिने घटनाहरु बाहिरीए पछि यसको नियन्त्रण तथा रोकथामको लागी आज बस व्यवसायी , वडा प्रहरि श्रीपुर , जिल्ला ट्राफिक प्रहरि र स्थानिय बिच बैठक सम्पन्न भएको छ ।
बसपार्क ट्रमिनल भवनको प्राङ्गणमा सम्पन्न भएको बैठकमा जिल्ला ट्राफिक प्रहरि पर्साका प्रहरी निरीक्षक कमल राज पंडित, वडा प्रहरि कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , बसपार्क प्रहरि चौकिका प्र.ना.नि उपेन्द्र यादव, पृथ्वी राजमार्गका बस संचालक संयोजक सुमन श्रेष्ठ, बस व्यवसायी जगत प्रसाद साह कानु , बस व्यवसायी बिनोद मानन्धर, बस व्यवसायी लक्ष्मण थापा, संचारकर्मी केसि लामीछाने , संचारकर्मी अनिल साह लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।
बैठकले ४(चार) वटा निर्णय गरेको वडा प्रहरि कार्यालय श्रीपुरका प्र.नि दिपक कुमार साहले पर्सा पोस्टलाई बताउनु भयो।
साहका अनुसार हरेक बस व्यवसायी समितीबाट १/१ प्रतिनिधीहरुको सहभागि गराई अनुगमन टोली बनाउने , वीरगञ्जबाट संचालन विभिन्न रुटमा संचालित बसहरु बसपार्क भित्रबाट चढाउने र ओरार्ने , बसबाट यात्रागर्ने यात्रुहरु ठगीएमा/लुटिएमा त्यसको चालक सह–चालकलाई कानुन बमोजिम कारवाही गर्ने , त्यसको आर्थिक दायित्व सम्बन्धित संचालक समितीले व्यहोर्नु पर्ने र यात्रुहरुलाई ताना तान गरि दुखदिने बिचौलियाहरुलाई आवश्यक कानुनको दायरामा ल्याउने बैठकले सर्व सहमतीले निर्णय गरेको बताए ।


