यो तिहारमा भारतबाट फूल नल्याइने

  • १५ कार्तिक २०७७, शनिबार २०:२० मा प्रकाशित
  • काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।  बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।

    तिहारमा प्रयोग हुने सयपत्री,  मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

    तर यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउँछन् ।

    यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाकासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ ।

    उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने देखिन्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउँछन् । सिभिल खबर बाट।

    Leave a Reply