प्रदेश ५ काे प्रदेश सभामा कांग्रेस सांसदले गरे ताेडफाेड

  • १९ आश्विन २०७७, सोमबार १६:४५ मा प्रकाशित

  • रुपन्देही असोज १९ – प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबुल तोडफोड गरेका छन् ।
    सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसद बैठक सुरु भएलगत्तै रोस्ट्रम घेर्न पुगेका थिए । उनीहरुले संसदीय मर्यादा पालना गर भन्दै नारा पनि लगाएका थिए । कांग्रेस सांसदहरुलाई रोस्ट्रममा जान नदिनका लागि मर्यादापालकहरुलाई हम्मे–हम्मे परेको थियो ।
    कांग्रेसको विरोधका बाबजुद प्रदेश सभा बैठकलाई निरन्तरता दिइएको छ । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाउनुभएकाे हाे ।
    सोमबार प्रदेश सभा बैठकमा नाम र राजधानीको टुङ्गो लगाउने कार्यसूची छ । कांग्रसले भने सर्वसत्तावाद लाद्न नपाइने र प्रस्तावित राजधानी दाङ फेर्नुपर्ने बताएका छन् ।
    यसअघि १२ बजे बाेलाइएकाे बैठकमा पनि कांग्रेस सांसदले नाराबाजी गरेपछि बैठक केहीबेरका लागि स्थगित गरिएकाे थियाे ।

    Leave a Reply