पुर्वमन्त्रि प्रभु शाहले नेकपामा प्रवेश गरेका नवआगन्तुकलाई टीका लगाएर गरे स्वागत, रौतहटमा कांग्रेस र समाजबादी पार्टीलाई ठुलो झट्का !

  • ८ कार्तिक २०७७, शनिबार १७:२६ मा प्रकाशित
  • रामसरन यादव
    रौतहट, ८ कार्तिक
    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु आज आफनो गृह जिल्ला र गृह नगरपालिका जिल्लाको पश्चिम र उतरी भेगमा अवस्थित रहेको रौतहटको मौलापुरमा नगरपालिमा आज कार्तिक ८ गते शुभकामना तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

    मौलापुर नगरपालिकाको वडा नम्बर ७ पथरा बुधराममा शनिबार विजया दशमी , दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं । २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु प्रतिनिधि सभा सांसद तथा पुर्वमन्त्रि प्रभु शाहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    जनता समाजवादी पार्टीकका रितेश शर्मा , नेपाली काग्रेसका हरिन्द्र बैठा , सुरेश कुशववाहा छठु शाहलाई प्रभु शाहले टीका लगाइ नेकपा प्रबेश गराउनु भएको रौतहट जिल्ला सद्स्य नेकपा को युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो ।

    कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्यमा कुन्दन कुशवाहा , कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा , मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह , नेकपा प्रदेश सदस्य मनोज यादव , प्रदेश सदस्य अमर साह , नेता चन्देश्वर वैठा, पत्रकार, बुद्धिजिवी सुरक्षाकर्मी लगायतका सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

    Leave a Reply